काठमाडौं । ट्विटरले १० हजार क्यारेक्टर (अक्षर) सम्मको ट्विट लेख्न मिल्ने फिचर सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार एक ट्विट गर्दै आफ्ना ब्लु सब्सक्राइबरका लागि यस्तो फिचर सार्वजनिक गरेको हो ।
गत फेब्रुअरीमा कम्पनीले चार हजार क्यारेक्टरका ट्विट राख्नसक्ने फिचर सार्वजनिक गरेको थियो । अब ब्लु सब्सक्राइब प्रयोगकर्ताले पोस्टमा इटालिक तथा बोल्ड टेक्स्ट राखेर १० हजार क्यारेक्टर (अक्षर)सम्मको ट्विट गर्न सक्नेछन् ।
सामान्य प्रयोगकर्ताका लागि भने २८० क्यारेक्टरको मात्कारै सुविधा छ । लामो ट्विट राख्नुपर्दा भने थ्रेड राख्नुपर्ने हुन्छ ।