झापाको रेखा खोलामा शव फेला

न्युजलय ८ मङ्सिर २०८२, आइतबार ११:१६ मा प्रकाशित

झापा । झापाको बिर्तामोड नगरपालिका–७ स्थित रेखा खोलामा शव फेला परेको छ । शव फेला परेपछि प्रहरीले दुईजनालाई पक्राउ गर्दै अनुसन्धान सुरु गरेको छ ।

बिर्तामोड नगरपालिका–७, मियाबारीस्थित रेखा खोला नजिकै बिर्तामोड–६ का ५२ वर्षीय आनन्द चौधरीको शव स्थानीयले गए राति फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनासम्बन्धी अनुसन्धानका क्रममा सोही स्थानका ४८ वर्षीय पुरन चौधरी र ३२ वर्षीय श्याम चौधरीलाई प्रहरी नियन्त्रणमा लिइएको छ । दुवै जनामाथि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।