काठमाडौं । दुर्गेश थापाले चर्चित गीत ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’को भाग ६ सार्वजनिक गरेका छन् ।
उनले शुक्रवार आफ्नै शब्द, संगीत र स्वरमा नयाँ गीत ‘बिच्च बिच्चमा ६’ सार्वजनिक गरेका हुन् ।
श्यामश्वेत रसाईलीले गीतको एरेन्ज तथा मिक्सिङ गरेका हुन् । दुर्गेशले यसपटक गीतमा केही सन्देश बोकेर आएको बताएका छन् ।
विगतमा जस्तै यसपटक पनि भिडियोमा दुर्गेश स्वयंले अभिनय गरेका छन् । साथमा, बाल कलाकारद्वय जेविन र जेविस श्रेष्ठको भिडियोमा फिचर्ड छन् ।
क्रान्ति केसीको निर्देशन तथा सम्पादन रहेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् ।