काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत सोमबार नामिबिया र स्कटल्याण्डबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सुरु भइसकेको छ ।
खेलमा स्कटल्याण्डले पहिल ब्याटिङ गर्ने भएको छ । नामिबियाले टस जितेर पहिला फिल्डिङ गर्ने नर्णय गरेसँगै स्कटल्याण्डले ब्याटिङ गर्ने भएको हो । यसअघि भएको नामिबिया र स्कटल्याण्डबीचको खेलमा स्कटल्याण्डले नामिबियालाई १० विकेटले पराजित गरेको थियो ।