घट्यो सुनको भाउ

न्युजलय १८ जेठ २०७९, बुधबार ११:३७ मा प्रकाशित

  काठमाडौँ । बुधबार(आज) सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यस्तै तेजावी सुनको भाउ तोलाको ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।