रसुवा बाढीमा १८ जना बेपत्ता

न्युजलय २४ असार २०८२, मङ्गलबार ०५:५३ मा प्रकाशित

काठमाडौं । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित लेन्दे नदीमा आएको बाढीमा १८ जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरुको पहिचान खुलेको छ । 

बाढीमा बेपत्ता भएका तीनजना प्रहरी, नौजना सर्वसाधारण र ६ जना चिनियाँ नागरिकको पहिचान खुलेको सशस्त्र प्रहरीले जनाएको छ ।

रसुवागढीस्थित नेपाल–चिन अन्तर्राष्ट्रिय सीमा नाकामा चीनतर्फ अविरल वर्षाको कारण लेन्दे नदीमा बाढी आउँदा उनीहरू बेपत्ता भएका हुन् ।