काठमाडौं । बिहिबार (आज) नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ५.१३ अंकले बढेर २०६६.०५ विन्दुमा पुगेको हो।
सेन्सेटिभ इण्डेक्स १.१० अंकले बढेर ३९४.१५ विन्दुमा पुगेको छ। यसदिन २६९ कम्पनीको ५५ लाख ३ हजार २१ कित्ता सेयर २ अर्ब १५ करोड ६५ लाख ८३ हजार ९४५ रुपैयाँमा खरिदबिक्री भयो।
आज कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएन।अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९।०९ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा सोल्टी होटल शीर्षस्थानमा रह्यो।
सोल्टी होटलको १६ करोड ९५ लाख मूल्य बराबरको सेयर कारोबार भयो।
यसैगरी अपर तामाकोशी हाइड्रोपावरको ११ करोड मूल्य बढिको सेयर कारोबार भयो।