भारतद्वारा पाकिस्तान ४ विकेटले पराजित

न्युजलय ७ कार्तिक २०७९, सोमबार १२:५४ मा प्रकाशित

काठमाडौँ । टी–२० विश्वकपको सुपर १२ अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ४ विकेटले पराजित गरेको छ । 

 

टस हारेर पहिला व्याटिङ्ग गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउदै १५९ रन बनाएको थियो । जवाफी व्याटिङ्ग गरेको भारतले अन्तिम ओभारको अन्तिम बलमा भेट्टायो । उसका लागि विराट कोहलीले ८२ रन र हार्दिक पाण्डेयको ४० रानको योगदान रह्यो । 


त्यसैगरी पाकिस्तानका बलर हरिस रौफ र महोम्मद नवाजले २–२ विकेट लिए भने नसिम साहले एक विकेट लिए । 


यसअघि लागि शान मसूदले ५२ रन बनाए भने इफ्तिकार अहमदले ५१ रन बनाएका थिए । त्यसैगरी शाहीन शाह अफ्रिदीले १६ रन बनाए । 


त्यस्तै मोहमद रिजवानले ४, बाबर आजम ०, शदाब खान ५, हैदर अली,  मोहमद रिजवानले ९, असिफ अलीले २ र हरिस राउफले ६ रन बनाएका थिए । 


त्यसैगरी भारतका बलर अर्सदीप सिंह र हार्दिक पाण्डेले ३–३ विकेट लिएका थिए । त्यस्तै भुवनेश्वर कुमार र मोहमद शामीले एक एक विकेट लिएका थिए ।