काठमाडौं । राष्ट्र उत्थान लघुुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ फागुन १२ गते बिहीवार(भोली) बाँडफाँट हुने भएको छ ।
विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा भोली दिउसो आईपीओ बाँडफाँटको तयारी भएको हो ।
फागुन ४ गतेदेखि ८ गतेसम्म विक्री भएको कम्पनीको आईपीओमा मागभन्दा ३८ दशमलव ३० गुणा बढी आवेदन परेको छ ।
अन्तिम दिनसम्ममा २६ लाख २६ हजार ९० जना आवेदकहरुबाट ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता शेयर खरिद मागभएको हो ।