तरहरामा स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते

न्युजलय ३१ असार २०८१, सोमबार ०३:१५ मा प्रकाशित

तरहरा । इटहरी २० तरहरामा सोमबार दिउँसो दुर्घटना भएको छ ।

इटहरीबाट धरानतर्फ तीव्र गतिमा जाँदै गरेको बीआर ०७ पिए ५०६८ नम्बरको भारतीय स्कारपिओले बाटो काट्दै गरेको को १६ प ५६४ मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा इटहरी १९ का धनबहादुर विश्वकर्मा र भीमकला विश्वकर्मा घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ ।

दुर्घटनमा संलग्न भारतको अररियाका रब्बन महमत आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको तरहरा प्रहरीले जनाएको छ ।