बढ्यो सुन भाउ

न्युजलय २० फाल्गुण २०७८, शुक्रबार ११:२६ मा प्रकाशित

  काठमाण्डौ । सुनको भाउ शुक्रवार(आज) तोलामा नौ सय रुपैयाँले बढेको छ । 

आज सुन तोलामा नौ सय रुपैयाँले बढेर तोलाको ९९ हजार नौ सय रुपैयाँ पुगेको हो ।

आज चाँदीको भाउ घटबढ भएको छैन । चाँदी तोलाको १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार रुस–युक्रेन युद्धको प्रभावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको छ ।