काठमाडौं । आज घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ । आजबाट सरकारी बिदा प्रारम्भ भएसंगै नेपालको सेयर कारोबार समेत बन्द भएको छ ।
सरकारले दशैँको लागि आज असोज २६ गते फूलपातीको दिनदेखि सार्वजनिक बिदा दिएको छ । त्यसैले, असोज २६ गतेदेखि असोज ३० गतेसम्म नेप्से बन्द रहने र ३१ गतेबाट नियमित कारोबार सुरु हुने नेप्सेले जनाएको छ ।