वर्षाका कारण नेपाल र साउदीबीचको खेल हुने सम्भावना न्यून बन्दै

न्युजलय ११ बैशाख २०८०, सोमबार ०६:१६ मा प्रकाशित

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र साउदी अरेवियाबीचको खेल हुने सम्भावना न्यून बन्दै गएको छ । 

नेपाल र साउदी अरेवियाबीचको खेल हुने मुलपानी क्रिकेट मैदानमा निरन्तर वर्षा भइरहेका कारण खेल हुने सम्भावना न्यून बन्दै गएको हो ।

आइतबार रातिदेखि नै निरन्तर वर्षा भइरेको छ । जसका कारण अहिलेसम्म टस पनि भएको छैन ।

खेलका लागि दिउँसो २ः१५ बजेका लागि कटअफ टाइम तथा २ बजेसम्म टस हुनुपर्नेछ । सो समयमा टस हुन सकेन भने खेल स्थगित हुनेछ ।