काठमाडौ । नेपाली राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकबाट पुबुदु दासानायकेले राजिनामा दिएका छन् । लगत्तै उनी क्यानडाको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् ।
बुधबार उनले अप्रत्यासित रुपमा नेपाली क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएका थिए । उनले व्यक्तिगत कारणले राजिनामा दिएको बताएका थिए । त्यसको केही घण्टामै क्रिकेट क्यानडाले ट्वीट गर्दै दासानायके प्रमुख प्रशिक्षक नियुक्त भएको जनाएको छ ।
दासानायकेले गत मंसीरमा दुई वर्षका लागि नेपाल क्रिकेट संघसँग सम्झौता गरेपनि एक वर्ष नपुग्दै व्यक्तिगत कारण देखाएर राजीनामा दिएका हुन् ।