नेप्से ३७ अंकले घट्यो

न्युजलय ४ पुस २०७८, आइतबार १०:०९ मा प्रकाशित

काठमाडौं । आइतवार(आज) सेयर बजार ३७ अंकले घटेको छ। 

आज सेयर बजार नेप्से परिसुचक ३७ अंकले घटेर २३७६ दशमलव ७४ को विन्दूमा झरेको हो। म्युचअल फण्डबाहेक सबै उपसमुह घटेका छन्।

दिनभरीमा २ सय २४ कम्पनीका ५३ लाख ७९ हजार ८ सय ६० सेयर किनबेच हुँदा २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९ सय रुपैयाँको सेयर कारोबार भएको छ। 

आज सबैभन्दा धेरै प्रभु बैंकको सेयर कारोबार भएको छ। बैंकको ९ करोड ४३ लाख ८६ हजार ७ सय १७ रुपैयाँको सेयर कारोबार भएको हो। त्यस्तै नेपाल बंगलादेश बैंकको ७ करोड ८ लाख ४३ हजार, समृद्धि फाइन्नास कम्पनीको ६ करोड ९५ लाख ७९ हजार, अपि पावर कम्पनीको ६ करोड ८७ लाख ३३ हजार रुपैयाँको कारोबार भएको छ। 

ग्रीनलाइफ हाइड्रो पावर कम्पनीका लगानीकर्ताले आज सबैभन्दा बढी गुमाएका छन्। कम्पनीका लगानीकर्ताले ७ दशमलव ५९ प्रतिशतले गुमाएका हुन्।