भारतमा पहिरोमा पुरिएर चार नेपालीको मृत्यु

न्युजलय ७ भदौ २०८१, शुक्रबार ०७:२२ मा प्रकाशित

काठमाडौं । भारतको उत्तराखण्ड राज्यको प्रयागराज जिल्लामा गएको पहिरोमा परेर चार जना नेपालीको मृत्यु भएको छ ।

भारी वर्षको कारणले नेपालीहरू पहिरोमा परेको भारतीय अखबार नवभारत टाइम्सले जनाएको छ ।

एसडीआरएफको टोलीले उनीहरुको शव निकालेको छ । मृत्यु हुनेमा चितवनका तीन र दैलेखका एक जना छन् ।