धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीमाथि दुर्व्यवहार भएको छ।
मंगलबार उपकुलपतिको कार्यकक्षमा भेट्न गएका तीन जनाले उनीमाथि मोसो दल्ने प्रयास गरेको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ।
सुनसरी प्रहरीका अनुसार कामु उपकुलपति कार्कीले भेट्न बोलाएका तीनमध्ये एक जनाले बोतलमा भरेर लगेको मोविल प्रहार गर्न खोजेका थिए।
प्रहरीले नियन्त्रणमा लिएका तीन जनाबारे थप विस्तारै खुल्ने बताएको छ ।