घट्यो सुनको मुल्य

न्युजलय ४ जेठ २०७९, बुधबार ११:४९ मा प्रकाशित

काठमाण्डौ । बुधबार (आज) सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले घटेको छ। 

आज सुन प्रतितोला ९५ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला १० रूपैयाँ घटेको छ । चाँदी प्रतितोला १२ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।