काठमाडौँ । इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरिएको छ ।
हमासको नियन्त्रणमा रहेको उनीहरुलाई इजरायली सेनाले स्कर्टिङ गरेर उद्धार गरी सुरक्षित स्थानतर्फ लगेको हो ।
४९ जनाको टोलीमा सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका उनीहरुलाई बंकरबाट निकालेर तेल अभिभतर्फ लगिएको हो । उनीहरुकै समूहका १० को आक्रमणमा मृत्यु भएको थियो ।