धनकुटाका १९ नेताले छाडे कांग्रेस

न्युजलय २१ असार २०८३, आइतबार ११:४९ मा प्रकाशित

 धनकुटा । धनकुटामा कांग्रेसका १९ जना नेता कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन् । 

उनीहरुले सभापति गगन थापालाई पत्र लेख्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी छाड्नेहरूमा कोशी प्रदेश सदस्य मीना राई, क्षेत्रीय सदस्य युवेन तुम्बा, क्षेत्रीय प्रतिनिधि राजकुमारी राई छन् ।

पार्टी भित्र वैचारिक मतभेद रहेको र काम गर्ने वातावरण नभएको उनीहरूले लेखेका छन् ।