काठमाडौ । बीमा समितिले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा निर्देशिका २०७९ जारी गरेको छ। निर्देशिका साउन १ गतेदेखि लागू हुनेछ ।
निर्देशिकामा बीमा कम्पनीहरुले आफूलाई तोकिएका जिल्लामा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा व्यवसाय गर्नुपर्ने, जिल्लास्थित कृषि ज्ञान केन्द्र वा कृषि तथा पशु सेवा कार्यालय नजिकको स्थानमा बीमकले शाखा कार्यालय खोल्नुपर्ने व्यवस्था छ।
त्यस्तै बीमक आफैले तयार गरी समितिको स्वीकृतिमा जारी गरेको बीमालेखको हकमा अनुदान प्राप्त नहुने, बीमकले अनुदान प्राप्त नहुने बीमा लेखको हकमा छोटो अवधिका लागि बीमालेख जारी गर्न सक्ने र कृषि, पशुपन्छी तथा जडिबूटी बीमा सामूहिकरुपमा गर्न सकिने व्यवस्था छ।