काठमाडौं । आज नेप्से परिसूचक स्थिर छ । नेप्से परिसूचक ०.३१ अंकले बढेर २५४४.९१ विन्दुमा बन्द भएको हो ।
आज कारोबार रकम घटेको छ । तीन अर्ब ४९ करोड ९८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बुधबार तीन अर्ब ८४ करोड ८५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
१२३ कम्पनीको सेयर मूल्य बढेको छ । १२४ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर छ ।