श्रम संस्कृतिका सांसदले गरे आज पनि पर्चा देखाएर संसद्‌मा विरोध

न्युजलय ५ जेठ २०८३, मङ्गलबार ११:४३ मा प्रकाशित

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद्ले मंगलबार पनि पर्चा देखाएर विरोध गरेका छन् ।

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ पोस्टर हातमा लिएर उठे । सभामुखले आकस्मिक समय नमागेको भन्दै बस्न आग्रह गरे । सभामुखले ध्यानकर्षण भएको बताए र बस्न आग्रह गरे ।

श्रम संस्कृतिले सोमबारको बैठकमा पर्चा देखाएर सरकारको कार्यशैलीको विरोध गरेको थियो ।