बढ्यो सुनको मूल्य

न्युजलय १९ साउन २०७९, बिहिबार ११:३४ मा प्रकाशित

काठमाडौं । बिहीबार(आज) सुनको मूल्य ८०० रुपैयाँ बढेको छ । 

आज सुन ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको हो । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।