रिब्दुंग बादेलका पुरीहरुको ऐतिहासिक साझा वंशावली प्रकाशन

न्युजलय १० असार २०८०, आइतबार ०६:४० मा प्रकाशित

काठमाण्डौ । दसनामी तिलक पुरी (मैमान र मेघु) रिब्दुंग बादेलका पुरीहरुको ऐतिहासिक साझा वंशावली प्रकाशन भै एक समारोहका बीच विमोचन गरिएको छ ।

  दशनामीहरुको सर्वोच्च संस्था शंकराचार्य मठ पशुपतिका डा. स्वामी केशवानन्द जी महाराजबाट वंशावली विमोचन भएको हो ।मैमान( मेघु  वंशावली प्रकाशन  समिति काठमाण्डौले तयार पारेको समितिका संयोजक टीकाराम पुरीले बताउनु भयो ।

मैमान(मेघु पुरी  (रिब्दुंङ (बादेल) का सन्तानहरुको तथाङ्क राख्नको लागि पहिलो पटक वंशावली तयार पारिएको पुस्तक प्रकाशन समितिका संयोजक टीकाराम पुरीको भनाई छ । आफ्नो सन्तान कहाँ कहाँ छन भन्ने समेत सबैलाइ जानकारी हुन छोडेको भन्दै वंशावली प्रकाशन गरिएको हो संयोजक पुरीले भने । 

ऐसेलुखर्क  वडा नम्बर ५ रिब्दुंग र वडा नम्बर २ बादेलका २ दाजुभाई  मैमान पुरी २ श्रीमती जोगमाया र मनयामा र मेघु पुरी र रुपमायाको  वंशावली  विमोचन गरिएको हो ।

कार्यक्रम प्रकासन समितिका सदस्य तथा अधिवक्ता  महेस कुमार पुरीले आफ्नो वंशावली प्रकाशन भएकोमा खुसी ब्यक्त गरेका थिए। कार्यक्रममा विष्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारी लगायतले शुभकामना मनतब्य राखेका थिए । 

छुटेर बसेका मैमान र मेघु पुरूको सन्तान शाखालाई पुनर्मिलन गराउदै लैजाने समितिका सदस्य रामप्रसाद पुरीले बताए । आफ्नो दाजुभाइलाई समेट्दै जाने उनको भनाइ रहेको थियो ।