आज - २६ कार्तिक २०८२ बुधवारको राशिफल

न्युजलय २७ कार्तिक २०८२, बुधबार ०१:२७ मा प्रकाशित

मेष

कार्यक्षेत्रमा अरूको भावनाको पनि सम्मान गर्नुहोस्। नोकरी वा पेशामा आइरहेका बाधा समाप्त हुनेछन्। अड्किएको धन मिल्नाले आर्थिक स्थिति सबल रहनेछ।

शुभ रंग: पहेलो

शुभ अंक: १


वृष

धार्मिक वा सांस्कृतिक कार्यक्रमहरूमा भाग लिने अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। मित्रवर्गहरूबाट सहयोग पाइनेछ। आयस्रोत बढ्नेछ।

शुभ रंग: निलो

शुभ अंक: ४


मिथुन

कार्यक्षेत्रमा सहयोगीहरूबाट भनेजस्तो सहयोग नमिल्ला। विद्यार्थीहरूको अध्ययन भन्दा घुमफिरमा समय व्यतीत हुनेछ। विवादास्पद मामलाहरूबाट टाढा रहनुहोस्।

शुभ रंग: सेतो

शुभ अंक: २


कर्कट

आफन्तहरूबाट राम्रो सहयोग पाइनेछ। शत्रुहरू आफैं किनारा लाग्नेछन्। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला।

शुभ रंग: हरियो

शुभ अंक: २


सिंह

वित्तीय मामलाहरूमा सावधानी अपनाउनुहोस्। सन्तानको भविष्यलाई लिएर चिन्ता दूर हुनेछ। पारिवारिक जीवनमा संघर्ष बढ्ला। फजुल खर्चदेखि बच्नुहोस्।

शुभ रंग: रातो

शुभ अंक: ७


कन्या

व्यापार व्यवसायमा प्राप्त भएको सफलताले मन उत्साहित रहनेछ। गुप्त कुरा बाहिरिनाले समस्या निम्तिनेछ। अरुलाई सहयोग गरेर खुसी मिल्नेछ।

शुभ रंग: हरियो

शुभ अंक: ३


तुला

सामाजिक गतिविधिमा व्यस्तता बढ्नेछ। नयाँ योजनाहरू प्रारम्भ गर्न सकिनेछ। माननीय जनहरूबाट सहयोग पाइनेछ।

शुभ रंग: पहेलो

शुभ अंक: २


वृश्चिक

हजुरको कार्यशैलीबाट अधिकारीहरू प्रसन्न रहनेछन्। व्यापार व्यवसायमा नयाँ लगानिको लागि समय अनुकूल रहेको छ। मठमन्दिर वा धार्मिक स्थलमा भ्रमणका योग छन्।

शुभ रंग: निलो

शुभ अंक: ४


धनु

रोजगारका लागि नयाँ प्रस्तावहरू मिल्नेछन्। कार्यक्षेत्रमा दौडदुप गर्नुपर्ला। कार्यप्रति इमान्दारिता देखाउनुहोला।

शुभ रंग: केशरी

शुभ अंक: १


मकर

व्यापार व्यवसायमा लाभ रहनेछ। सोचे अनुरुप परिणाम मिल्नाले मन प्रसन्न रहनेछ। जीवनसाथीको साथ र सहयोग पाइएला। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ।

शुभ रंग: निलो

शुभ अंक: ३


कुम्भ

स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्ला। व्यावसायिक लेनदेनमा पारदर्शिता राख्नुहोस्।

शुभ रंग: हरियो

शुभ अंक: ३


मीन

शत्रुहरू परास्त हुनेछन्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। नोकरीमा प्रमोशन आदिको रूपरेखा बन्नेछ।

शुभ रंग: खैरो

शुभ अंक: ७


स्रोत : हाम्रो पात्रो