धनकुटामा रुखको हाँगा भाँचिएर लाग्दा वृद्धको मृत्यु

न्युजलय ३ असोज २०८१, बिहिबार ०१:१३ मा प्रकाशित

धनकुटा । धनकुटा नगरपालिका ९ मा रुखको हाँगा भाँचिएर लाग्दा एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय कमल भण्डारी रहेको प्रहरीले जनाएको छ ।

खानेपानीको पाइप जोड्ने क्रममा अचानक रुखको हाँगा भाँचिएर टाउकोमा लाग्दा भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।