काठमाण्डौ । दोस्रो महिला टि २० आई खेलमा आज घरेलु टोली मलेसियासँग नेपालले खेल्दैछ।
नेपाली समय अनुसार बिहान ८ः४५ मा बांगीमा सो खेल सुरु हुनेछ । पाँच खेलको महिला टि २० आई सिरिजमा मलेसिया नेपाल भन्दा १–० ले अघि रहेको छ।
पहिलो खेलमा ५० रन मै अल आउट हुँदै नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको थियो। महिला टि २० आईमा नेपालको मलेसियासँग यो पहिलो हार थियो।
नेपाल पहिलो खेलको गल्ती सुधार गर्दै दोस्रो खेलमा जितका साथ सिरिज बराबर गर्न चाहेको कप्तान रुबिना क्षेत्रीले जनाएकी छिन्।