कोशीमा डेङ्गु संक्रमितको संख्या ३ हजारभन्दा बढी,३ जनाको मृत्यु

न्युजलय १४ साउन २०८२, मङ्गलबार १२:३१ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशका १४ जिल्लामै डेङ्गुको सङ्क्रमण फैलिएको स्वास्थ्य निर्देशानालय धनकुटाले जनाएको छ ।

कोशीमा तीन हजार १८१ जना डेङ्गु सङ्क्रमित रहेको निर्देशानालयले जनाएको छ  । जसमा तीन जनाको मृत्यु भएको बताइएको छ । पहाडी जिल्लामा डेङ्गु सङ्क्रमित अत्यन्त न्यून रहे पनि तराईका चार जिल्लामा बढी रहेको निर्देशानालको तथ्याङ्कले देखाएको छ ।

हालसम्म मोरङमा ९१३, झापा ८९७, सुनसरी ३७७, उदयपुरमा २७५, भोजपुर २२६, धनकुट्टा १४३, ओखलढुङ्गा १२१, पाँचथर ७०, खोटाङ १०, ताप्लेजुङ दुई, इलाम पाँच, सोलुखुम्बु ६ र तेह्रथुम दुई जनामा डेङ्गुको सङ्क्रमण देखिएको उनले जानकारी दिइन् ।