विश्वकपमा आज पनि चार खेल, अर्जेन्टिनालाई जित्नै पर्ने दबाब

न्युजलय १४ मङ्सिर २०७९, बुधबार ०२:२९ मा प्रकाशित

काठमाडौं । फिफा विश्वकप फुटबलमा बुधबार चार खेल हुँदैछन्। बुधबार समूह ‘सी’ र ‘डी’का दुई दुई खेल हुनेछन्।


नेपाली समय अनुसार राति ८ः४५ बजे समूह ‘डी’का दुई खेल एकसाथ हुनेछन् र जहाँ ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कको प्रतिस्पर्धा हुनेछ। यो समूहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ। दुई खेल सकिएपछि एउटा देश नकआउट चरण पुग्ने टुंगो लाग्नेछ।

 

बुधबार राति १२ः४५ बजे हुने दोस्रो खेलमा समूह ‘सी’मा रहेका चार देशले प्रतिस्पर्धा गर्नेछन्।


एकसाथ हुने खेलमा अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिको बीच प्रतिस्पर्धा हुनेछ। यी खेलबाट अन्तिम १६ मा पुग्ने दुई देशको टुंगो लाग्नेछ।