प्रि ओपनमा करिब साढे ७ अंक बढ्यो नेप्से

न्युजलय २५ पुस २०७८, आइतबार ०५:०३ मा प्रकाशित

काठमाडौं । आइतबार(आज) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ७ अंक बढेको छ।

नेप्से आजको सो सेसनमा ७.४० अंक बढेर २६९९.८८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.१६ अंक बढेको छ।

आजको प्रि ओपन सेसनमा १५ कम्पनीको १९ लाख ७१ हजार ४६५ रुपैयाँ ४० पैसा बराबरको ३ हजार ८२५ कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबारमा आएकामध्ये १२ कम्पनीको सेयरमूल्य बढेको छ भने १ कम्पनीको सेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।