भोजपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

न्युजलय २९ चैत २०८०, बिहिबार ०२:४४ मा प्रकाशित

भोजपुर । भोजपुरको आमचौक गाउँपालिका–१० स्थितमा दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो आमचोक–६ देवानटारका २० वर्षीय सुदीप दर्जी र १८ वर्षीय अजय राईको दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी टोलीले शव पोस्र्टमाटमको लागि धरानस्थित वीपी प्रतिष्ठान पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।