फिफाले निलम्बन फुकुवा गरेसँगै पाकिस्तानी फुटबल टोली नेपाल आउने

न्युजलय २८ असोज २०७९, शुक्रबार ०१:५३ मा प्रकाशित

काठमाडौँ । पाकिस्तानी फुटबल टोली मैत्रीपूर्ण खेलका लागि एक महिनापछि नेपाल आउने भएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले पकिस्तानी टोलीमाथि गरेको निलम्बन फुकुवा गरेसँगै उक्त टोली मध्य नोभेम्बरमा नेपाल आउने भएको हो ।


यसका लागि उक्त टोलीले पाकिस्तानको लाहोरमा ६ हप्ताको तालिम गरेको छ । पाकिस्तान फुटबल महासंघले बिहीबार यसबारे जानकारी दिएको हो ।


यद्यपि खेलका लागि टोली घोषणा गरिएको छैन । फिफाले पाकिस्तानी टोलीलाई २०२१ को अप्रिलमा निलम्बन गरेको थियो ।