घट्यो सुनचाँदीको मूल्य

न्युजलय २१ चैत २०७८, सोमबार ०१:२० मा प्रकाशित

काठमाडौँ । सोमबार (आज) सुनचाँदीको मूल्य घटेको छ ।

छापावाल सुन आज प्रतितोला ६ सय रूपैयाँले घटेर ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि ६ सय रूपैयाँले घटेर ९८ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।