काठमाण्डौ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका ७, ८ र ९ मा झाडापखालाको प्रकोप देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती स्थानमा यही असोज १८ गतेदेखि प्रकोप सुरु भएको जानकारी दिएको छ ।
प्रकोप सुरु भएयता आजसम्म झाडापखाला तथा बान्ताबाट ८८५ जना संक्रमित भइसकेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये हालसम्म ४ जनाको मृत्यु भइसकेको छ ।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक जना ४५ वर्षीय पुरुष, एक जना ७ वर्षीय बालक, एक जना ५ वर्षीया बालिका र एक जना दुई वर्षीय बालक रहेका छन् ।