आज र भोलि देशैभर भारी वर्षाको सम्भावना

न्युजलय १६ असार २०८३, मङ्गलबार १२:३० मा प्रकाशित

काठमाडौं । नेपालमा मनसुनी गतिविधि क्रमशः बढ्दै जाँदा आज र भोलि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले दुई दिनअगाडि नै विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानी अपनाउन सचेत गराएको हो ।

आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्दै गएकाले यो भारी वर्षाको स्थिति सिर्जना भएको हो।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। विभागका अनुसार यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा समेत हुन सक्छ । महाशाखाका अनुसार देशका थोरै ठाउँमा अत्यन्तै तीव्र गतिमा हुने ुआरीघोप्टेु वर्षाको समेत सम्भावना छ।

यसपालि नेपालमा मनसुन औसत मितिभन्दा ६ दिन ढिलो गरी असार ५ गते भित्रिएको हो। ढिलो भित्रिएका कारण मनसुनले अहिलेसम्म देशभरि पर्याप्त वर्षा गराउन सकेको थिएन र यो अझै पुरै देशमा फैलिसकेको छैन।