आदित्य नारायणले ‘सारेगमप’को प्रस्तोताबाट बिदा लिने

न्युजलय २७ फाल्गुण २०७८, शुक्रबार ०२:५५ मा प्रकाशित

काठमाडौं । गायक तथा टेलिभिजन प्रस्तोता आदित्य नारायण झाले टेलिभिजन प्रस्तोताको जिम्मेवारीबाट बिदा लिने निर्णय गरेका छन्।


१५ वर्षसम्म टेलिभिजन दुनियाँमा रमाएका आदित्यले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत छोरी त्विषा नारायण झासँगको तस्बिर सार्वजनिक गर्दै काम छोड्ने निर्णय लिएको बताएका छन्।

 

आदित्य हालै बुवा बनेका हुन्। बुवा बनेसँगै जीवनको नयाँ अध्याय सुरु भएकाले टेलिभिजन कार्यक्रम प्रस्तोताबाट अलग भएको उनले बताएका छन्। उनले अब केही समय छोरीसँग बिताउने बताएका छन्।

 

आदित्य नारायणकी पत्नी श्वेता अग्रवालले फागुन १२ गते त्विषालाई जन्म दिएकी थिइन्।


उनले अर्को स्टाटसमार्फत सारेगमपलाई धन्यवाद दिंदै भनेका छन्, भारी मनका साथ कार्यक्रम छाड्ने निर्णय गरेको छु, यस शोले मलाई मेरो पहिचान दिएको छ।


१५ वर्षसम्मका ९ सिजन र ३५० एपिसोड गरेको शो छोड्ने घोषणा गरेका आदीत्यले अब बाँकी समय संगीतमा दिने बताएका छन्।