काठमाडौ । बझाङको भाटेखोला नजिकै केन्द्रबिन्दु बनाएर फेरि भूकम्प गएको छ ।
शनिबार मध्यान्ह ११ः४५ बजे ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबारयता बझाङमा मात्रै १३ वटा भूकम्पका धक्का महसुस भएका छन्। गत मंगलबार दिउँसो २ः४०मा पहिलो पटक ५.३ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो।
त्यसपछि ३ः०६मा ६.३ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो।
जसले गर्दा एक जनाको मृत्यु समेत भएको थियो। केही घरहरू भत्किएका र चर्किएका थिए ।