काठमाडौं । बुधबार (आज) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो । यसअघि, मंगलबार सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले घटेको थियो।
बुधबार छापावाल सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ प्रतितोला कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९६ हजार रुपैयाँ पुगेको छ।
बुधबार चाँदीको मूल्य भने यथावत् रहेको छ। मंगलबार जस्तै बुधबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार २४५ रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।