संखुवासभामा पहिरोले बगायो तीनवटा घर र गोठ

न्युजलय ३१ जेठ २०८१, बिहिबार ०१:४६ मा प्रकाशित

संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका– ११ मा पहिरोले तीन घर र एक गोठ बगाएको छ।

बुधबार राति वर्षासँगै अरूण नदीको बहाव बढेर मावाखोलामा बढेपछि पहिरोले तीन घर र एक गोठ बगाएको हो।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार  घर बगाउँदा मणिप्रसाद राई घाइते भएका छन्।  उनको घुँडामा चोट लागेको छ।

उनको ढुंगा र माटोले बनेको जस्ताको छानो भएको एकतले घर पनि बगाएको थियो।   

उनीसँगै सोही वडाका  रामप्रसाद राई, दिलबहादुर राईको घर पनि बगाएको छ भने रत्नबहादुर राईको गोठ बगाएको प्रहरीले जनाएको छ ।

गएरातिको पानीले घरसँगै चन्दनपुरबाट चिचिला गाउँपालिका तर्फ जाने काठेपुल पनि बगाएको बताइएको छ ।