सुनको भाउ एक लाख नजिक

न्युजलय १२ फाल्गुण २०७८, बिहिबार ०५:२७ मा प्रकाशित

काठमाडौँ । बिहीबार(आज) छापावाल सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला ९९ हजार रुपैयाँ तोकेको छ । 

एकै दिन सुनको मूल्य तोलामा २५ सयले वृद्धि भएको हो । यसअघि बुधबार तोलाको ९६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । 

यस्तै चाँदीको मूल्य प्रतितोला १३ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।