विराटनगर । मोरङको रङ्गेली नगरपालिकामा नेपालमा दुर्लभ मानिएको जनावर हाइना देखिएको छ । भारतसँग सिमा जोडिएको रंगेली नगरपालिका–४ को धनपति क्षेत्रमा हाइना देखिएको हो ।
स्थानियका अनुसार हाइनाको बथान नै देखिएको छन् । विगत एक सातादेखि हाइनाको बथान देखिएपछि स्थानीयहरु त्रसित छन् ।
स्थानीयले कहिले एउटा दुइटा हाइना देख्दै आएकोमा आज राती भने ठुलो सङ्ख्यामा हाइनको बथान देखिएको बताइएको छ ।