बुढीगण्डकी बाढीः मुग्लिङसम्म उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

न्युजलय २५ असोज २०८३, आइतबार १०:१२ मा प्रकाशित

काठमाडौँ । बुढीगण्डकीमा आएको बाढीले मुग्लिङसम्म उच्च जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले एक सूचना जारी गर्दै मुग्लिङसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । 

बुढीगण्डकी नदीमा बाढी खतरा तहभन्दा माथि रहेको र बढ्नेघट्ने क्रम जारी रहेकोले त्रिसूली नदी बेनिघाट सम्म अति उच्च जोखिम, मुगलिङसम्म उच्च जोखिम रहेको बताइएको छ ।