देशमा प्रधानमन्त्री नभएको हर्क साम्पाङको टिप्पणी

न्युजलय ३० बैशाख २०८३, बुधबार ०१:४९ मा प्रकाशित

काठमाडौं । संसद बैठक बहिष्कार गरेर बाहिरिएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा प्रधानमन्त्री नै नभएको टिप्पणी गरेका छन् ।

संसदबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सत्तारुढ दलले आफूखुशी संसद चलाइरहेको बताए ।

उनले भने, ‘हामी संसद वैठक बहिष्कार गरेको हो । प्रधानमन्त्री नै छैन देशमा । भए त आउनुपर्ने । प्रधानमन्त्री कहिले पनि नआउने, प्रधानमन्त्रीले टेबल गर्नुपर्ने कुरा अरुलाई पठाउने भइरहेको छ । हाम्रो केही प्रश्न पनि छन् । थुप्रै कुरा छन् । सत्तारुढ दलले मनखुशी चलाइरहेको छ ।’