सातामा ३०० ले घट्यो सुनको मूल्य

न्युजलय १० मङ्सिर २०७९, शनिवार ०६:१८ मा प्रकाशित

काठमाडौं । यो साता सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ओरालो लागेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९८ हजार १०० रूपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा ३०० ले घटेर ९७ हजार ८०० रूपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ३०० रूपैयाँ छ ।

यो साता चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ८० रूपैयाँ थियो । जुन यो साताको शुक्रबारसम्म आइपुग्दा बढेर १२ सय ९५ रूपैयाँ पुगेको छ ।