विराटनगर । इटहरी–१६ बाट प्रतिबन्धित लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागू औषध खैरो हिरोईनको खरिद बिक्री कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा फागुन २७ गते, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय ईटहरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रदेश १–०२–०४७ प. १९५३ नम्बरको मोटरसाईकलमा सवार रहेका ईटहरी –१६ का ३१ वर्षीय सुजन भन्ने बालकृष्ण घिमिरेलाई चेकजाँच गर्ने क्रममा चुरोटको बट्टामा लुकाई राखेको ४ ग्राम ७७० मिलिग्राम र उनैले घरमा लुकाई राखेको ३ ग्रामसहित जम्मा ७ ग्राम ७७० मिलिग्राम खैरो हेरोईनसहित उनलाई पक्राउ गरेको हो।
सोही घटनामा संलग्न रहेका इटहरी–८ का २३ वर्षीय प्रिवेष पौडेललाई समेत नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।