चिलिमे जलविद्युत कम्पनीले १५ प्रतिशत लाभांश दिने

न्युजलय २२ मङ्सिर २०७९, बिहिबार ०९:४३ मा प्रकाशित

 काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । 

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ७.५० प्रतिशत बोनस सेयर र ७.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

गत वर्ष कम्पनीले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । अहिले घोषणा भएको लाभांश अघिल्लो वर्षभनदा कम हो ।

कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ ।