काठमाडौं । सांगीतिक जोडी मेलिना मैनाली र कमल खत्री आमाबुवा बन्ने भएका छन्।
उनीहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन्।
प्रेग्नेन्सी स्टोरीलाई समेटेर उनीहरूले म्युजिक भिडिओ समेत तयार पारेका छन्।‘दिन प्रतिदिन’ बोलको प्रेमिल गीत शुक्रबार बिहान सार्वजनिक गरेका हुन्।
मेलिना र कमलले २ वर्षअघि विवाह गरेका थिए।