प्रदेश १ मा आज थप २७२ जनामा कोरोना पुष्टि

न्युजलय २८ पुस २०७८, बुधबार ०७:३१ मा प्रकाशित

इटहरी । प्रदेश १ मा आज थप २७२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।


७३४ जनाको पीसीआर परीक्षण गर्दा २३३ र २८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १४५, सुनसरीमा ३९, झापामा ३१, भोजपुर र पाँचथरमा १-१ र प्रदेश १ बाहिरका १६ जनामा सङ्क्रमण देखिएको हो ।

 

प्रदेश १ मा आज २२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १० महिला र १२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या ५९७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।