काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालका कम्यूनिष्ट पार्टीहरुले जनतामा भ्रम मात्रै सिर्जना गरेको आरोप लगाएका छन् । उनले कांग्रेस मात्रै भरोसा गर्ने पार्टी भएको बताए ।
नेता सिंहले कम्यूनिष्टहरुले जनतामा भ्रम फैलाएर भोट मागेको आरोप लगाए । ‘भ्रम फैलाउने प्रतियोगिता भए ओलम्पिक जित्छन् ओलीले,’ उनले भने, ‘संसारभरमै यति झुटो र भ्रम फैलाउने काममा नेपालका कम्यूनिष्टहरुले मात्रै सक्छन् ।’
शुक्रबार नेपाल संवतका अवसरमा बुद्धनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले काम नगर्ने तर लोकप्रीय नारा दिएर मतदातालाई प्रभावित गर्ने काम भइरहेको टिप्पणी गरेका छन् ।